डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदबाट अमराज खड्का हटेका छन् ।
मंसिर ४ गते बसेको संचालक समितिको बैठकले खड्काको राजीनामा स्वीकृत गरेपछि उनी पदमुक्त भएका हुन ।
उनको राजीनामा स्वीकृति मंसिर ११ गतेदेखि लागू हुने छ ।
संस्थाले मंसिर ११ गते देखि लागू हुने गरी मुख्य प्रबन्धक हेमकुमार काफ्लेलाई नियुक्त गरिएको छ ।
प्रतिक्रिया