सम्झौता अनुसार काम नगरेपछि पप्पु कन्स्ट्रक्सनलाई कालोसुचीमा राख्न सिफारिस

६ बर्ष अगाडि

पप्पु कन्स्ट्रक्सनलाई कालोसुचीमा राख्न  काठमाडौ उपत्यका सडक विस्तार आयोजना बानेश्वरले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचललाई पत्र लेखेको छ।

तीनकुनेमा निर्माणाधीन नेटवर्क आर्क ब्रिजमा सम्झौंता अनुसार गुणस्तरीय काम नगरि अलपत्र पारेको भन्दै ठेक्का सम्झौता तोडेर कालोसूचीमा राख्न सिफारिस गरिएको हो।

ठेक्का तोड्दै बैंक ग्यारेण्टी समेत जफत गरेर आयोजनाको खातामा ल्याइसकेको र पर्फर्मेन्स ग्यारेण्टी भने जफत गर्ने प्रक्रियामा रहेको आयोजनाले जनाएको छ ।

आयोजनाले बैक ग्यारेण्टी वापत २ करोड ६७ लाख रुपैयाँ जफत गरिसकेको जनाएको छ ।

करिव २१ करोड रुपैयाँ लागतमा डिजाईन एण्ड विल्ड प्रक्रियाबाट २०७१ मा ठेक्का लगाईएको थियो ।

आयोजनाको अनुसार २०७५ असारमै पुल निर्माण सकेर आयोजनालाई हस्तान्तरण गर्नुपर्ने थियो।

अहिले करिव २५ प्रतिशत निर्माण भएपछि रोकिएको छ। आयोजनाले करिव ६ करोड रुपैयाँ भूक्तानी दिइसकेको जनाएको छ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया