रसुवामा पहिरो खसेर प्रहरी पोष्ट पुरियो, १० जना वेपत्ता

७ बर्ष अगाडि

रसुवा– गएरातिको वर्षासँगै आएको पहिरोेले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको छ । 

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको हो । 

पहिरोमा परी आठ–दश जना बेपत्ता भएको अनुमान गरिएबको छ । गएराति १२ बजेको घटना भएकाले अहिले बिहान सबेरैदेखि बेपत्ताको खोजीकार्य गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । यकिन तथ्यांक भने आउन बाँकी रहेको प्रजिअ पौडेलले बताए । 

अहिले घटनास्थलमा लाङटाङ राष्ट्रिय निकुञ्जको भूभागमा पर्ने भएकाले निकुञ्जका मध्यवर्ती अध्यक्ष पेम्बा नुर्पु तामाङ, प्रजिअ, सुरक्षाका प्रमुखहरु घटनास्थलतर्फ गइसकेको बताइएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया