नयाँ प्याज बजारमा आउने समयमा प्याजको मूल्य उपभोक्ता निस्सासिने गरि मूल्य उच्च बिन्दुमा पुगेको छ ।
न्युन उत्पादन तथा भारबाट आयात रोकिएकोले बजारमा प्याजको अभाव भएको हो ।
कालिमाटी फलफूल तथा तरकारी विकास समितिले मंगलबारका लागि सुकेको प्याजको प्रतिकिलो होलसेल मूल्य नै दुई सय रुपैयाँ तोकेको छ ।
गत मंगलबार कालिमाटी बजारमा सुकेको प्याजको थोक मूल्य औषत १५२ रुपैयाँ प्रतिकिलो थियो ।
तर आज प्रतिकिलो ४८ रुपैयाँले बढेर दुई सय रुपैयाँ पुगेको हो ।
कालिमाटी तरकारी बजारमै प्याजको खुद्रा मूल्य २२० र अधिकतम २३० रुपैयाँ पुगेको छ ।
कालिमाटी बाहिरका खुद्रा पसलहरुमा प्याज प्रतिकिलो २ सय ५० मा बिक्री भैरहेको कालिमाटी फलफूल तथा तरकारी विकास समितिले बताएको छ ।
समितिका अनुसार प्याजको मूल्य अहिलेसम्मकै उच्च हो ।
स्वदेशी उत्पादन अन्त्यन्तै कम भएको र भारतबाट आयात रोकिएका कारण मूल्य आकासिएको समितिले बताएको छ ।
उपत्यकावासी प्याजका लागि भारतमै परनिर्भर हुनुपर्ने र भारतले नेपाल प्याज पठाउन रोक लगाएपछि व्यापारीले अवैधानिक बाटोबाट ल्याएको प्याज झन् महँगो भएको हो ।
समितिका अनुसार अघिल्लो वर्ष यो बेलामा कालीमाटीमा मात्रै भारतबाट दैनिक ९५ देखि १०० टन प्याज आयात हुने गरेकोमा अहिले औसतमा ५० टन मात्रै आएको छ ।
समितिकाअनुसार पछिल्लो साता हरेक दिन प्याजको मूल्य प्रतिकिलो औसत १० रुपैयाँ हाराहारीले बृद्धि भइरहेको छ ।
न्युन मात्रामा उत्पादन हुने नेपाली कृषकको प्याज बेमौसमी वर्षाले नोक्सान हुनु पनि बजारमा प्याज अभावको कारण हो ।
प्रतिक्रिया