६५ जना विद्यार्थी लियोको न्यानो माया स्वीटर

६ बर्ष अगाडि

लियो क्लव अफ बुटवल खस्यौली युथले पाल्पाको रैनादेबी छहरामा रहेको कुवारी आधारभुत बिद्यालयका ६५ जना विद्यार्थीलाई स्वीटर बितरण गरेको छ ।

विद्यालयका गरिब बिपन्न बिद्यार्थीलाई न्यानोमाया स्वरुप स्वीटर बितरण गरेको क्लवका सचिब कल्पना डुम्रेले बताइन् ।  

स्वीटर पाएपछि सो बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु निकै खुसी भएका थिए । 

कक्षा ८ सम्म पठनपाठन हुने उक्त विद्यालयमा १ सय ८० बिद्यार्थी अध्ययनरत छन् ।

क्लवका अध्यक्ष राजिबजंग कुवरको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष फानबहादुर बिश्वकर्मा, बिद्यालयका प्रधानाध्यापक लालबहादुर बटाला, सहप्रधानाध्यापक ऋषिराज भुसाल, क्लवका प्रथम उपाध्यक्ष होमनाथ सापकोटा, कार्यक्रम संयोजक तथा क्लवका कार्यसमिति सदस्य केशब खनाल लगायतले बोल्दै क्लवले सामाजिक काम गर्दै आएको र यसलाइ निरन्तरता दिने उल्लेख गरेका थिए । 

बिद्यालय निकै जटिल अबस्थामा संचालन भैरहेको छ । विसं. २०५९ सालमा स्थापना भएको सो बिद्यालयमा ४ जनाको सरकारी दरबन्दी रहेपनि राहत, बालशिक्षा, नीजि गरि १० जना शिक्षक—कर्मचारी कार्यरत रहेका छन् । विद्यालयको आर्थिक अबस्था निकै दयनिय र आर्थिक स्रोत नभएकाले विद्यालयले आर्थिक सहयोगको अपेक्षा पनि गरेको छ ।

क्लवले रक्तदान, सरसफाइ, बृक्षारोपण, देउसी भैलो खेलेर असहायलाइ सहयोग, न्यानो कपडा बितरण,स्वास्थ्य शिबिर लगायतका सामाजिक काम गर्दै आइरहेको जनाएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया