ग्लोबल आईएमई बैंकले बैदेशिक रोजगारमा गएका तथा विदेशमा बस्ने नेपालीलाई तीनदिनमै घरकर्जा दिने भएको छ ।
बैंको नयाँ योजना ‘जन्मभूमि घर कर्जा’ अन्तर्गत वैदेशिक रोजगार तथा विदेशमा बस्ने नेपाली र उनीहरुकाका परिवारका सदस्यलाई दिनभित्र घर कर्जा दिने भएको हो ।
न्यूनतम ब्याजदरमा सुलभ र सहज रुपमा प्राप्त गर्न सकिने जन्मभूमि घर कर्जाले रेमिट्यान्सलाई बैंकिंक च्यानलबाट भित्र्याउन मद्दत पुग्ने बैंकको विश्वास छ ।
घर कर्जा बैदेशिक रोजगारबाट प्राप्त आयको आधारमा भारत सहित विभिन्न देशमा बस्ने नेपालीका परिवारलाई प्रदान गरिनेछ ।
जन्मभूमि घर कर्जा ग्लोबल आईएमई बैंकका सबै शाखाबाट प्राप्त हुनेछ । यस सम्बन्धी थप जानकारी ग्लोबल रेमिटका विभिन्न देशमा रहेका कार्यालय तथा ग्लोबल आईएमई बैंकका बैदेशिक सम्पर्क कार्यालयबाट प्राप्त गर्न सकिनेछ बैंकको भनाइ छ ।
बैंकले हाल १५० वटा शाखा, ३० वटा एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, १५० एटीएम, १९४ शाखारहित बैंकिङ सेवा र नेपालबाहिर ३ प्रतिनिधिरसम्पर्क कार्यालयमार्फत् ११ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया