प्राइमसँग मिल्न लागेको कैलाश बैंकले दिने भयो यस्तो लाभांश

६ बर्ष अगाडि

काठमाडौं – प्राइम बैंकसँग मिल्न लागेको कैलाश विकास बैंकले  आफ्ना शेयरधनीहरुलाई १८ दशमलव ७७ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकले आर्थिक वर्ष २०७५÷७६ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

विकास बैंक संचालक समितिको बैठकले चुक्ता पुँजीको १६ प्रतिशत बोनस र कर प्रयोजनको लागि समेत २.७७ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैकबाट स्वीकृति भई आगामी २६औं बार्षिक साधारण सभाबाट पारित भए पछि शेयरधनीहरुलाई वितरण गरिने छ ।हाल विकास बैंकको चुक्ता पुँजी रु दुई अर्ब ५२ करोड रहेको छ । १६ प्रतिशत बोनस सेयर पश्चात विकास बैंकको चुक्ता पुँजी रु दुई अर्ब ९२ करोड  नाघ्ने छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया