लघुवित्तको पूँजी बृद्धि गर्दै राष्ट्रबैंक

६ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले लघुवित्तको पूँजी बृद्धि गर्ने भएको छ ।

राष्ट्रियस्तरको लघुवित्तको लागी ५० करोड र प्रादेशिक लघुबित्तको लागी २० करोड पूँजी पुर्याउने तयारी रहेको राष्ट्रबैंक स्रोतको दाबी छ । 
आगामी मौद्रिक नितिको अर्धवार्षिक समीक्षा अथवा त्यस अगाडि नै लघुवित्तको पुँजि वृद्धि  र मर्जरको लागि ठोस कदम चाल्ने तयारि भईरहेको छ । 
पुँजि वृद्धि गर्दा राष्ट्र बैकले मर्जर तथा प्राप्तिलाई प्राथमिकतामा राख्ने स्रोतको दाबि छ।

पछिल्लो समय अन्य फाईल रोकेर मर्जरका फाईलहरुलाई राष्ट्र बैकले प्रथामिकता दिदै आएको छ । अब लघुवित्तको प्रवर्धन भन्दा पनि नियमन र नियन्त्रण गर्न आवश्यक रहेको राष्ट्रबैंकका अधिकारीहर बताउदै आएका छन । उनिहरुको अनुसार लघुवित्तहरुको सँख्या बढि भएको र अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै राष्ट्रिय स्तरको लघुवित्तको लागि ६० करोड पुँजिसँगै मर्जरको लागि ठोस कदम चाल्न आवश्यक रहेको बताउँदै आएका छन। 

 
 

६ बर्ष अगाडि

प्रतिक्रिया