सिमेन्टमा आत्मनिर्भर बन्दै नेपाल, १४% ले घट्यो आयात

६ बर्ष अगाडि

काठमाडौं –  चालु आर्थिक बर्षको पहिलो तीन महीनामा सिमेन्ट आयात १३.८ प्रतिशतले घटेको छ । गत आवको समिक्षा अवधीमा रू. २३ करोड १० लाख ३१ हजारको सिमेन्ट आयात भएको थियो । तर, अहिले त्यो घटेर रू. १९करोड ९१ लाख १६ हजारमा खुम्चिएको छ । 
व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रको तथ्यांकले यस्तो देखाएको हो । पछिल्लो समय नेपालमा निर्माण सम्बन्धीका गतिविधि बढ्दै गएका छ, जसअनुसार सिमेन्टको खपत पनि बढ्दै गएको छ । तर, यसको निर्यात भने कम हुँदै गएका छ । यसले नेपाली सिमेन्टबाट नै बजारको अधिकांश माग पुरा भएको स्पष्ट पार्दछ । नेपाली सिमेन्टले यहाँ ९५ प्रतिशत माग पुरा गर्न सक्ने बताइन्छ । बाँकी रहेका पाँच प्रतिशत माग भने आयात गरेर पुरा गरिन्छ । तर, अहिले आयात घट्दै गएको हुँदा नेपाल निकट भविष्यमा सिमेन्टमा आत्मनिर्भर हुने सम्बन्धीत क्षेत्रका अधिकारीहरु बताउछंन् ।
नेपालमा बार्षिक ६० लाख टनसम्म सिमेन्ट खपत हुने गरेको छ । नेपालमा ८४ भन्दा बढी सिमेन्ट उद्योग छन् । उक्त उद्योगहरूको नेपाली बजारको मागअनुसारको सिमेन्ट उत्पादन गर्ने क्षमता छ । तर, उनीहरुले पुरा क्षमताअनुसारको सिमेन्ट उत्पादन गर्न नसक्दा बाहिरबाट आयात गर्नुपर्ने बाध्यता छ ।
ऊर्जा, श्रम, बजारको समस्याले उद्योगहरूले पूरा क्षमताअनुसारको उत्पादन गर्न सकेको नसकेको व्यवसायीहरु बताउछन् । सञ्चालित उद्योग पूरा क्षमतामा चलाउन सके सिमेन्ट निर्यात गर्न सकिने सम्भावना पनि रहेको उनीहरुको भनाइ छ । साथै, पछिल्लो समय सिमेन्ट उद्योगमा लगानीको आर्कषण् पनि बढेको छ । यसले पनि सिमेन्ट उद्योगमा सकरात्मक असर पार्ने देखिन्छ । 
अहिले नेपालमा बार्षिक बढीमा डेढ अर्बको मात्रा  सिमेन्ट आयात हुने गरेको छ । गत आवमा पनि रू. १ अर्ब ३१ करोड २९ लाख बराबरको सिमेन्ट आयात भएको थियो, यो आयातलाई सामान्य रुपमा लिइन्छ । कतिपयले नेपालको सिमेन्टलाई गुणस्तरीय रुपमा नहेर्दा पनि सिमेन्टको आयात हुने गरेका जानकारहरु बताउछन् ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया