नेपाल भारत पारवहान सन्धि पुनरावालेकन बैठक सुरु

६ बर्ष अगाडि

नेपाल भारत पारवाहन सन्धि पुनरावलोकन बैठक मंगलबार काठमाडौंमा सुरु भएको छ ।

बैठकले सन्धीको संशोधनमा थपिने बुदाँको ड्रफ्टलाई अन्तिम रुप दिने बताईएको छ । नेपाल भारत व्यापार परिवाहन सन्धि नेपाललाई तेस्रो मुलुसँग व्यापारका लागी पहुँच विस्तार तथा नेपाल भारत व्यापार सहजीकरणका लागी महत्वपूर्ण मानिन्छ ।

भारतले यसअघि सहमति जनाएको जलमार्ग र थप नयाँ बन्दरगाह प्रयोगबारे सन्धिमा समावेस गरिने विषयलाई पनि बैंठकले अन्तिम रुप दिने बताईएको छ साथै हल्दिया–साहिबगन्ज–कालुघाट जलमार्ग तथा गुजरातको मुन्द्रा र उडिसाको धाम्रा बन्दरगाह प्रयोगबारे पनि बैठकमा छलफल हुनेछ ।

बैठकमा विशाखापट्टनमबाट जोगबनी (विराटनगर) रक्सौल (वीरगन्ज) र सुनवल (भैरहवा)सम्मका ब्लक कार्गो ढुवानीसम्बन्धमा पनि छलफल हुने छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया