हकप्रद शेयर लिलामी मार्फत बिक्री गर्दै युनाइटेड इन्स्योरेन्स

६ बर्ष अगाडि

युनाइटेड इन्स्योरेन्स आजबाट हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको छ ।

कम्पनीले बिक्री नभएको ४ लाख ९९ हजार १९२ कित्ता  हकप्रद शेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो ।

यस अघि कम्पनीले ७२ लाख ५७ हजार कित्ता शेयर हकप्रद बिक्रीमा ल्याएको थियो । जस मध्य संस्थापक र साधारण शेयरगरी कूल ४ लाख ९९ हजार १९२ कित्ता शेयर बिक्री भएको थिएन ।

हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको युनाइटेड इन्स्योरेन्सको हकप्रद शेयर बिक्री पश्चात पूँजी एक अर्ब २ करोड ८१ लाख रुपैयाँ पुग्नेछ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया