सुनचाँदीको मूल्य घट्यो

६ बर्ष अगाडि

काठमाडौँ – मंगलबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार तोलामा ७१ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ७१ हजार २०० मा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ७० हजार ९०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै चाँदी तोलामा ८५० रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार चाँदी ८५५ मा कारोबार भएको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया