कृषि विकास बैंकले गरायो साढे दुई अर्बको ऋणपत्र रेटिङ

६ बर्ष अगाडि

कृषि विकास बैंकले साढे दुई अर्ब रुपैयाँको ऋणपत्रको रेटिङ गराएको छ।
चलिरहेको भन्दा बढि ब्याज दिएर बैंकले ऋणपत्र निस्कासन गर्न लागेको हो । 
ईक्रा नेपालले सार्वजनिक गरेको रेटिङ प्रतिवेदनमा जनाईए अनुसार बैंकले न्युन जोखिम रहेको रेटिङ ‘इक्रा एनपि एलए’ प्राप्त गरेको छ। यो रेटिङले बैकको ऋणपत्रमा लगानी गर्दा कम जोखिम रहेको जानकारी दिन्छ ।
नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा सम्पूर्ण बाणिज्य बैंकहरुले प्राथामिक पूँजीको २५ प्रतिशत ऋणपत्र निष्काशन गर्नै पर्ने वाध्यात्मक व्यवस्था गरेको थियो । सोहि मौद्रिक नीतिलाई कार्यान्वयन गर्ने क्रममा यो ऋणपत्र निस्कासन गर्न लागिएको हो । 

ईक्रा नेपालले सार्वजनिक गरेको प्रतिवेदनमा बैंकको बलियो पूँजिकरण र कर्जामा विविधीकरण रहेको उल्लेख छ । 
बैंकले ऋणपत्र निस्कासनका लागी नेपाल धितोपत्र बोर्डमा निवेदन दिईसकेको छ । बोर्डले निष्काशन अनुमति दिएपछि सर्वसाधरणका लागी ऋणपत्र निष्कासन गर्नेछ ।

बैंकले ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिसकेको छ। नेपाल धितोपत्र बोर्डले निष्काशन अनुमति दिएपछि सर्वसाधारणको लागि ऋणपत्र निष्काशन गर्नेछ। 

६ बर्ष अगाडि

प्रतिक्रिया