नेपाल इन्स्योरेन्सले नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा आफ्नो बोनस शेयर सूचीकृत गरेको छ ।
नेप्सेले मंसिर ९ गते हिजो ७ लाख ६४ हजार ३२७ कित्ता बोनस शेयर सूचीकृत गरेको हो ।
इन्सोरेन्सले आफ्ना शेयरधनीलाई आर्थिक वर्ष २०७४।७५ को मुनाफाबाट ७.५ प्रतिशत बोनस लाभांश दिएको थियो ।उता नेपाल इन्स्योरेन्सको बोनस पाउन शेयरधनीले कर तिर्नुपर्ने
भएको छ । कम्पनीले ४० लाख २२ हजार रुपैयाँ बोनसमा कर प्रयोजनको लागि प्रताव गरेता पनि उक्त प्रस्ताव बीमा समितिले अस्वीकृत गरेको छ ।
जसका कारणले लाभांश पाउन शेयरधनी आफैँले कर तिर्नु पर्ने भएको हो । १ अर्ब १ करोड ९१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको ७.५ प्रतिशत बराबरको बोनस शेयर सूचीकृत पश्चात पूँजी एक अर्ब ९ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया