ऋणपत्र निष्काशन गर्दै सानिमा बैंक, व्याजदर कति ?

६ बर्ष अगाडि

काठमाडौं - सानिमा बैंकले रू. ४ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १०.२५ प्रतिशत व्याजदरमा ऋणपत्र जारी गर्न लागेको हो ।
मौद्रिक नीतिले व्यवस्था गरेअनुसार बैंकले ऋणपत्र जारी गर्न लागेको हो । बाणिज्य बैंकले आफ्नो चुक्तापुँजीको २५ प्रतिशत जारी गर्नुपर्ने चालु आवको मौद्रिक नीतिमा उल्लेख छ । साथै, ऋणपत्र जारी गर्ने बैंकको नियमित योजना पनि भएको बताइएको छ । 
इक्रा नेपालले यो ऋणपत्रलाई ‘इक्रा एनपि एल ए’ ग्रेडको रेटिङ दिएको छ, यसले यो ऋणपत्र सुरक्षित र कम जोखिम भएको जनाउ छ । 
हाल बैंकको चुक्तापुँजी रू. ८ अर्ब  ८० करोड छ, जसअनुसार बैंकलाई २ अर्ब २० करोडको मात्रा ऋण पत्र जारी गर्ने पुग्ने थियो । तर, बैंकले ४ अर्बको ऋणपत्र निष्काशन गर्ने तयारी गरेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया