प्राइम बैंकले १६ प्रतिशत लाभांस दिने

६ बर्ष अगाडि

प्राइम बैंकले आर्थिक वर्ष २०७५७६ को नाफाबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । 

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी  नौ अर्ब ६८ करोड ६८ लाख ५१ हजार ७०० को १६ प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको हो । 

बैंकको उक्त लाभांश प्रस्ताव आगामी साधारणसभा एवम् नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वितरण गरिनेछ । शेयर लाभांश वितरणपछि बैंकको कूल चुक्ता पूँजी ११ अर्ब २३ करोड ६७ लाख ४७ हजार ९७२ पुग्नेछ । 

६ बर्ष अगाडि

प्रतिक्रिया