जब आफ्नै घरमा आगो लगाए, त्यसपछि...

६ बर्ष अगाडि

 तेह्रथुममा एक व्यक्तिले आफ्नै घरमा आगो लगाएका छन् ।

तेह्रथुमको मेन्छयायेम गाउँपालिका(३ सिकिम्बाका ५२ वर्षीय मिङमा निरिङ शेर्पाले मादक पदार्थ सेवन गरी आइतबार आफ्नै घरमा आगो लगाएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आफ्नै घरमा आगो लगाउने शेर्पालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया