अब श्रम स्विकृति लिन लाईन बस्नु नपर्ने

६ बर्ष अगाडि

बैदेशिक रोजगार विभागले श्रम स्वीकृतिलाई अनलाइन प्रणालीमा लैजाने निर्णय गरेको छ । यहि १५ गतेवाट अनलाईन प्रणलीमा लैजाने विभागको तयारी छ ।

श्रम स्विकृति लिनका लागी हाल हरेक दिन श्रम कार्यालयमा भीड लाग्ने गरेको छ । विभागले अनलाइन प्रणालीमा जाने भएपछि श्रमिकले घण्टौ लाईन बस्नुपर्ने छैन ।

अब सेवाग्राहीले अनलाइनमार्फत् श्रम स्वीकृतिका लागि आवेदन दिनेछन र सोही समयमा कुन दिन पालो आउँछ त्यसै दिन मात्रै कार्यालय गए पुग्छ ।

उनीहरुले अनलाइनबाट आवेदन दिँदा कागजपत्र गल्ती भएमा वा अपुग भएमा मोबाइलको म्यासेजमार्फत् जानकारी गराइन्छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया