हिमालयन हाइड्रोको साधारण शेयर आउँदै

६ बर्ष अगाडि

काठमाडा – हिमालयन हाइड्रोले साधारण शेयर आईपिओ निष्काशनको अनुमति माग गरेको छ । कम्पनीले शेयर निष्काशनको अनुमति माग गर्दै गत  कार्तिक २७ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो।

कम्पनीले कूल २२ लाख ५० हजार कित्ताको रु २२ करोड पचास लाख  बराबरको आईपिओ निष्काशन गर्न अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि कम्पनीले जनता क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । शेयर निष्काशनको लागि कम्पनीले जनता क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंङ दिएको छ  । ग्रेड ४ ले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको बताउछ । 

कम्पनीले कास्कीमा  ११.८८ मेगावाटको नामर्जुन मादी आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आउँदो दशैैंसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।

 

६ बर्ष अगाडि

प्रतिक्रिया