नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा समावेश २६ खेलको आकृति )मस्कट) तयार भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले कृष्णसारको आकृतिमा २६ खेलको मस्कट तयार गरेको हो ।
यही मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने सागमा समावेश भलिबल,फुटबल,क्रिकेट,ब्याडमिन्टन, बक्सिङ,तेक्वान्दो,लनटेनिस,ह्यान्डबल,गल्फ,जुडो,कराँते, कबड्डी,खोखो,सुटिङ,स्क्वास पौडी,टेबलटेनिस, ट्रायथलन, भारोत्तोलन,कुस्ती,उसु,आर्चरी,एथलेटिक्स,बास्केटबल, साइक्लिङ र फेन्सिङ खेलको कृष्णसार आकृतिमा मस्कट तयार गरिएको हो ।
सागमा यसअघि २७ खेलले सहभागिता जनाउने भनि पनि अन्तिम समयमा प्याराग्लाइडिङ खेललाई हटाएको छ । सागको नियमअनुसार प्रतियोगिता सञ्चालनका लागि कम्तिमा तीन राष्ट्रले भाग लिनुपर्ने हुन्छ,तर नेपाल र पाकिस्तानबाहेक अन्य राष्ट्रबाट खेलाडी दर्ता नहुँदा प्याराग्लाइडिङ खेल हटाएको हो
सागअन्तर्गत काठमाडौँमा २१,पोखरामा आठ र जनकपुरमा एउटा खेल आयोजना हुनेछ । प्रतियोगितामा कूल ३२४ स्वर्ण,३२४ रजत तथा ४८७ कास्यका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया