काठमाडौं – प्राइम कमर्शियल बैंकले सेयर आफ्ना लगानीकर्ताहरुलाई १६ प्रतिशत बोनस दिने भएको छ ।
बैंकले नेप्सेलाई गराएको जानकारी अनुसार गत आर्थिक वर्ष २०७५÷ ०७६ को वितरणयोग्य नाफाबाट १६ प्रतिशत बोनस सेयर दिन लागेको हो । बैंकको उक्त प्रस्ताव राष्ट्र बैंकको अनुमति र बैंकका आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
हाल रु ९ अर्ब ६८ करोड ६८ लाख ५१ हजार ७ सय चुक्ता पुँजी भएको बैंकको बोनस वितरणपछि रु ११ अर्ब २३ करोड ६७ लाख ४७ हजार ९७२ पुग्ने छ ।
प्रतिक्रिया