तिब्बत नेपाल आर्थिक तथा व्यापार मेला काठमाडौंमा सुरु भएको छ । काठमाडौंस्थित ट्रेड सेन्टरमा सुरु भएको मेला तिब्बत बोर्डर ट्रेड चेम्बरको आयोजनामा हुन लागेको हो । मेला चार दिनसम्म चल्नेछ ।नेपाल चीन उद्योग वाणिज्य संघको सहकार्यमा आयोजना गरिएको मेलाको वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्याल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतले उद्घाटन गरेका हुन्।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले यस्ता व्यापार मेलाले नेपाल तथा तिब्बतबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई अझ बलियो बनाउने बताएका छन्।
उनले नेपालको चीनसँग ठूलो व्यापारघाटा रहेको भन्दै नेपालमा उत्पादित वस्तु चीनमा निर्यात गर्न ध्यान दिनुपर्ने बताएका छन्।
मेलामा ६० भन्दा बढी चिनियाँ व्यापारिहरुले खाद्य एवं पेय पदार्थ, जडीबुटी, साइकल, मेसिनरी, कस्मेटिकलगायतका स्टल राखेका छन्।
प्रतिक्रिया