वित्तिय क्षेत्रकै पकडमा धितोपत्र बजार, पूँजीकरणको हिस्सा मात्रै ७८ प्रतिशत

६ बर्ष अगाडि

काठमाडौं – नेपालको धितोपत्र बजारमा अझै पनि बैंकिङ क्षेत्रकै पकड रहेको छ । अन्य औद्योगिक क्षेत्रमा कम्पनीहरु स्थापना हुने क्रम जारी रहे पनि धितोपत्र बजारमा उनीहरुको सहभागीता भने न्यून छ । तथ्यांकअनुसार धितोपत्र बजारमा  बैंक तथा वित्तीय संस्था र विमा कम्पनीको हिस्सा बढी देखिएको हो ।

नेपाल राष्ट्रबैंकको एक तथ्यांकअनुसार चालु आवको प्रथम त्रैमास सम्ममा कुल ११७ कम्पनी धितोपत्र बजारमा सुचिकृत भएका छन् । त्यसमध्ये १५४ ओटा वित्तिय संस्था तथा बीमा कम्पनी नै रहेका छन् । तर, अन्य क्षेत्रका कम्पनी भने न्यून छ । 

नेपालमा उद्योग तथा कल कारखानाको संख्या बढ्दै गऐता पनि ती कम्पनीहरु धितोपत्र बजारमा भने आउन चाहेको देखिदैन । जसका कारण धितापत्र बजारमा बैंकहरुकै राज हुँदै आएको छ ।

धितोपत्र बजारमा १५४ को संख्यामा रहेको वित्तिय क्षेत्रले ७१ प्रतिशत हिस्सा ओगटेको छ । त्यस्तै बजारमा ३२ (१४ प्रतिशत)जलविद्युत कम्पानी १९ (प्रतिशत) उत्पादन र प्रशोधन उद्योग, ४÷४ (२२) प्रतिशत होटल तथा व्यापारिक संस्था र ४(२ प्रतिशत) अन्य समूह सूचिकृत रहेका छन ।

बजारमा सूचिकृत कम्पनी मध्य बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको बजार पूँजीकरण हिस्सा पनि सबै भन्दा धैरै देखीएको छ । राष्ट्रबैंकको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको प्रथम आव सम्ममा वित्तीय संस्थाहरुले बजारको ७८.५ प्रतिशत हिस्सा ओगटेको देखीएको हो । 

त्यसैगरी, धितोपत्र बजारमा दोस्रो हिस्सा ओगटनेमा जलविद्युत् कम्पनी रहेको छ । प्रतिवेदनका अनुसार कम्पनीले धितोपत्र बजारमा ६.५ प्रतिशत पूँजीकरण हिस्सा ओगटेको देखीएको छ । 

त्यस्तै बजार पूँजीकरणमा उत्पादन र प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटलको हिस्सा १.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.१ प्रतिशत र अन्य समूहका कम्पनीको हिस्सा ९.२ प्रतिशत रहेको छ ।

उता गएको एक वर्षमा नेप्से परिसूचक भने १०३.८ अंकले घटेको देखीएको छ । गत आर्थिक वर्षको असोज मसान्तमा १२४१.६ विन्दुमा रहेको नेप्से यस आर्थिक वर्षको असोज मसान्तमा ११३७.८ विन्दुमा कायम रहेको छ । यस वर्षको असार मसान्तमा भने नेप्से परिसूचक १२५९.० को बिन्दुमा पुगेको थियो ।

त्यस्तै धितोपत्र बजार पँुजीकरण वार्षिक विन्दुगत आधारमा २.४ प्रतिशतले ह्रास भई २०७६ असोज मसान्तमा रु. १४४५ अर्ब ५६ करोड कायम भएको छ । ०७६ असार मसान्तमा बजार पुँजीकरण रु. १५६७ अर्ब ५० करोड रहेको थियो ।  यस्तै आर्थिक वर्ष २०७६र७७ को तिन महिनामा  धितोपत्र बोर्डमा रु.४४ अर्ब ७४ करोड बराबरका धितोपत्र सूचीकृत भएका छन् ।

सूचिकृत भएकका धितोपत्र मध्य ३३ अर्ब ७२ करोड बराबरको साधारण शेयर रहेको छ । त्यस्तै  राष्ट्रबैंकको प्रतिवेदन अनुसार बजारमा ८ अर्ब ८ करोड बराबरको बोनस शेयर, रु.१ अर्ब ४५ करोड बराबरको हकप्रद शेयर, रु.३५ करोड बराबरको डिबेन्चर र रु.१ अर्ब १४ करोड बराबरको अन्य धितोपत्र सूचीकृत भएका छन ।

६ बर्ष अगाडि

प्रतिक्रिया