सरकार र डा  केसीबीच वार्ता सुरु

७ बर्ष अगाडि


काठमाडौँ – सरकार र डा गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता सुरु भएको छ । 
सरकारी पक्षको आन्तरिक छलफलपछि बिहान ९ बजेका लागि बोलाइएको वार्ता  पौने २ बजेदेखि सिंहदरबारमा सुरु भएको हो । 
केसी पक्षको वार्ता टोलीका संयोजक डाक्टर अभिषेकराज  सिंह माग पूरा हुनेमा विश्वास व्यक्त गरे । 
वार्तामा  सरकार पक्षबाट शिक्षा मन्त्रालयका सचिव तथा वार्ता टोलीका संयोजक खगराज बराल,  सह सचिव केदार न्यौपाने र स्वास्थ्य मन्त्रालयका सहसचिव गुणराज लोहनी उपस्थित छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया