रुकुममा निर्माण हुन लागेको सानी भेरी ३ जलद्यिुत आयोजनाले आयोजना निर्माण गर्दा पर्ने असरबारे रायसुझाव माग गरेको छ ।
४६.७२ मेगावाट विद्युत उत्पादन गर्ने योजना सहित निर्माण हुन लागेको उक्त आयोजनाले आयोजनाबाट प्रभावित हुने क्षेत्रहरुको भौतिक, रासायनिक, जैविक, समाजिक, आर्थिक तथा साँस्कृतिक वातावरणमा पर्ने प्रभावको सुझाव माग गरेको हो ।
पूर्विरुकुमको सिस्नेमा बाँध बाँधेर सुरुङमार्फत पश्चिम रुकुमको मुसिकाट नगरपालिका १ मा विद्युत गृह रहने उक्त आयोजनाका कारण सिस्ने र मुसिकोटका साथै बाँफीकोट गाउँपालिका प्रभावित हुनेछन ।
ती स्थानमा पर्ने असरबारे अध्ययन गर्न वातवारण सँरक्षण नियामावली २०५४ को नियम ७ उपनियम २ बमोजिम प्रारम्भिक वातावरणीय मुल्याङ्कन सम्बन्धी सुझाव मागीएको अयोजनाको परार्मशदाता जे आर कन्सल्टेन्टले जनाएको छ ।
आयोजनाका अनुसार उक्त क्षेत्रमा पर्ने सरकारी कार्यालय, स्वास्थ्य सँस्थाहरु,विद्यालय तथा व्यक्ति तथा संघ संस्थाहरुलाई सुझाव पेस गर्न अनुरोध गरिएको छ ।
सुझाव मंसिर २४ गतेसम्म बुझाउने आयोजनाले अनुरोध गरेको छ । सुझाव सानीभेरी हाईड्रोपावर कम्पनी र परामर्शदाता जे आर कन्सल्टेन्टमा सुझाव पेश गर्न सकिनेछ ।

प्रतिक्रिया