ह्यायात रिजेन्सी होेटल्सले वातावरणीय प्रभाव मुल्याङ्नकालागी सुझाव माग गरेको छ । होटलले वरिपरी बनेका संरचना, भवन, रेस्टुरेन्ट तथा आवासका कारण वरिपरीका कुनै सरकारी कार्यालय, विद्यालय, अस्पताल, स्वस्थ्य चौकी, कुनै व्यक्ति तथा संस्था वा वातावरणमा परेको असरबारे सुझाव मागेको हो ।
होटेलले आफ्नो १५० रोपनी जग्गा भित्र ८ भन्दा बढि होटल तथा भवन निमार्ण गरेको छ । उक्त भवन तथा होटलले भौतिक प्रणाली, जैविक प्रणाली तथा समाजिक, आर्थिक तथा साँकृतिक प्रणालीमा परेको भएमा सुझाव दिन होटलले भनेको छ ।
प्राप्त सुझावहरुका आधारमा होटलका कारण परेको असर मूल्यांकन गरि त्यस्तो असर र नकारात्मक प्रभाव न्युनिकारण गरिने होटल सञ्चाmलक संस्था तरागाउँ रिजेन्सी होटल्स प्रालीले जनाएको छ ।
असर भोग्नेहरुले २४ गतेसम्म तारागाँउ रिजेन्सी होटल बौद्ध, पर्यटन विभाग भृकुटी मण्डप वा परामर्शदाता कम्पनी फिड प्राली झम्सिखेलमा सुझाव पेस गर्न सकिने छ ।
तारागाँउ रिजेन्सी (ह्यायत होटल ) सन् २००० देखि काठमाडौं महानगरपालिका वडा नं ६ मा संचालन हुदै आएका छ । २९८ रोपनीमा फैलिएको यो होटेलले आफ्नो १५० रोपनीमा होटल तथा भवन लगायतको भौतिक सँरचना छन् ।
वातवारण सँरक्षण नियामावली २०५४ को नियम ३ अनुसुची २ (ए) बमोजिम) होटलले प्रभाव मुल्याङ्कन प्रतिवेदन तयार गरी बन तथा वातावरण मन्त्रालयबाट स्वकृत गरानुपर्ने प्रावधान भएकोले सुझाव माग गरेको होे ।

प्रतिक्रिया