सन्राइज बैंकले खोल्यो झापामा नयाँ शाखा

६ बर्ष अगाडि

झापाको मेचीनगर नगरपालिका–२ भृकुटीमा सन्राइज बैंकको ३९ औं शाखा सञ्चालनमा आएको छ ।  

सन्राइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै शाखारहित बैंकिङ्ग सेवाको सुरmवात गरेको हो ।

ज्येष्ठ नागरिक सेवा समितीको अध्यक्ष, श्री ठाकुर प्रसाद शिवाकोटी र बैंकको प्रादेशिक कार्यालय १ का सदस्य श्री पुर्ण बहादुर थापाले मंसिर ७, २०७६ मा एक समारोहका बीच मेचीनगरमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे ।

सो समारोहमा श्री ठाकुर प्रसाद शिवाकोटी र श्री पुर्ण बहादुर थापाले शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि दिल बहादुर कार्कीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे । उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो ।

हालसम्म सन्राइज बैंकले वटा १२४ शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा ए.टि.एम मार्फत आफ्ना करीब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा  नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको जनाएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया