छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ ।
संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाइ दिने लाभांश पारित गर्न उक्त सभा बोलाएको हो ।
लघुवित्तले यस अघि गत आर्थिक वर्षको नाफाबाट २७।११ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।
उक्त सभा मंसिर ३० गते मकवानपुरको हेटौँडा स्थित होटल सामनाको सभा हलमा बिहान १०ः३० बजे सुरु हुनेछ।
हाल १ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस वितरण पश्चात १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया