प्रमुख, उपप्रमुख र वडा अध्यक्षविरुद्ध उजुरी

७ बर्ष अगाडि

रौतहट । रौतहट जिल्लाको राजदेवी नगरपालिकाका प्रमुख, उपप्रमुख र दुई वडाध्यक्षमाथि स्थानीयहरुले जिल्ला प्रसाशन कार्यालयमा उजुरी दर्ता गराएका छन् । तीन करोडको लागतमा स्थानीय वडा नम्बर ३ मा बनेको स्वास्थ्य केन्द्रको सुविधायुक्त भवनमा स्वास्थ्य सेवा सञ्चालन गर्न नदिएको भन्दै स्थानीय रामरूप राउत, रणधीर तिवारी र सिकिन्दर पटेलले संयुक्त रुपमा उजुरी दर्ता गराएका हुन् । पुरानो जीर्ण भवनमा सञ्चालन रहेको स्वास्थ्य सेवा नयाँ सुविधा सम्पन्न भवनमा सार्नु पर्ने निवेदकहरुको माग रहेको छ । बर्थिंग सेन्टरसमेत भएका ४ कट्ठा जग्गामा नेपाल सरकारको लगानीमा निर्माण भएको सो भवनमा स्वास्थ्य सेवा सञ्चालन हुनुपर्ने भन्दा मेयर धीरेन्द्र कुमार सिंह, उपमेयर अंशु सिंह, वडा नम्बर ३ का अध्यक्ष जयमंगल दास र वडा नम्बर ४ का वडा अध्यक्ष भाग्यनारायण साहले अवरोध गरेपछि उजुरी दिएको उजुरीकर्ताहरुको आरोप रहेको छ । स्वास्थ्य मानिसको जीवनसँग सरोकार राख्ने विषय भएकोले राजनीतिक रिसइवीले स्तरीय स्वास्थ्य सेवाबाट प्रमुख, उपप्रमुख र वड़ा अध्यक्षहरु खिलवाड गरिरहेको स्थानीयहरुले आरोप लगाएका छन् । 

 

७ बर्ष अगाडि

प्रतिक्रिया