पठाओ चालकलाई ट्याक्सी चालकको  दुव्र्यवहार, प्रहरीको चिट

६ बर्ष अगाडि

महानगरीय ट्राफिक प्रहरी वृत्त स्वयम्भूले यात्रु ओसार्ने पठाओ चालकलाई कारबाही गरेको छ । प्रयोजन विपरित सवारी चलाएको अभियोगमा ट्राफिक प्रहरीले चालक विकास तामाङलाई १ हजार रुपैयाँ जरिवाना चिट काटेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले प्रयोजन विपरित सवारी चलाएको आरोपमा चालक तामाङलाई कारबाही गरिएको पुष्टि गरे । तामाङका अनुसार यात्रु लिन मोटरसाइकल रोक्नेवित्तिकै ट्याक्सी चालकहरुले घेरेर दुव्र्यवहार गरे । एकैछिनमा ट्राफिक पनि आइपुग्यो र उल्टै चिट काट्यो ।

पठाओ हो भन्नेवित्तिकै मलाई ट्राफिकले मान्छे बोक्न मिल्दैन भन्दै एक हजारको चिट काटेको तामाङले बताए । ट्याक्सी चालकहरुले पठाओको बाइकले यात्रु बोकेको देखे फुटाइदिने समेत धम्की दिएको तामाङको भनाइ छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया