बैंकर अजय श्रेष्ठ र किरण कुमार बोहोरा धरौटीमा थुनामुक्त

६ बर्ष अगाडि

बैंकिङ कसुरको आरोप लागेका बैंकर  अजय श्रेष्ठ र किरण कुमार बोहोरालाई एक÷एक करोड रुपैयाँ धरौटीमा थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार रेग्मीको संयुक्त इजलासले आइतबार  बैंकरद्वयलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

श्रेष्ठ असोज ५ गते खोलाको जग्गा धितोमा ऋण दिएको अभियोगमा पक्राउ परेका थिए । उनलाई  उच्च अदालत पाटनले श्रेष्ठलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उक्त आदेश विरुद्ध श्रेष्ठ सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्चले उच्च अदालत पाटनको आदेश बदर गर्दै थुनामुक्त गर्न आदेश दिएको हो ।

ऋणी सुरेन्द्र श्रेष्ठले झापाको बिरिङ खोलाभित्र पर्ने जग्गाको नक्कली धनीपूर्जा सन् २०१५ मा बैंक अफ काठमाण्डूबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए ।
ऋणीले ऋणको सावाँ र ब्याज नतिरेपछि बैंकले अनुसन्धान गर्दा खोलाभित्र पर्ने जग्गाको पुर्जा बनाएर ऋण लिई बैंकलाई ठगी गरेको तथ्य फेला परेको थियो । यस्तो तथ्य फेला परेपछि ऋणी सुरेन्द्र श्रेष्ठलाई बैंकिङ कसूर गरेको अभियोगमा बैंकले प्रहरीमा किटानी जाहेरी दिएको थियो ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया