बुद्ध एयरले काठमाडौं कोलकता उडान बन्द गर्र्ने भएको छ । उक्त उडानमा नोक्सान ब्याहोर्नुपर्ने भएपछि बुद्ध एयरले सो निर्णय लिएको हो । उक्त रुटका १० करोड घाटा लागेको बुद्ध एयरले जनाएको छ ।
कम्पनीले अउदो डिसेम्बर २ तारिखमा अन्तिम उडान गर्ने र त्यसपछि उडान बन्द गर्ने जनाएको हो ।
कम्पनीले हाल भइरहेको काठमाडौं-बनारस उडान भने यथावतै रहने बताएको छ। बुद्धले गत जेठदेखि एटीआर-७२-५०० मार्फत काठमाडौं-कोलकाता उडान सुरु गरेको थियो ।
उडान सुरु गरेको ६ महिनाको अन्तरालमा यो गन्तब्यमा कम्पनीको ५०-६० प्रतिशत अक्युपेन्सी कायम भएको कम्पनीले जनाएको छ।
कम्पनीका साना ठूला गरी जम्मा १३ वटा जहाज सञ्चालनमा छन्।
प्रतिक्रिया