भिजिट नेपालको प्रचारप्रसार गर्दै कर्पोरेट टोली बिराटनगरमा

६ बर्ष अगाडि

कामाडौं र देशका विभिन्न स्थानका कर्पोरेटहरुको १ सय जनाको टोली भिजिट नेपाल २०२० लाई सफल बनाउन विराटनगर पुगेको छ । टोलीले ईलामको सन्दुकपुरसम्म पुगेर भिजिट नेपालको प्रचारप्रसार गर्ने उदेश्य राखेको छ । 

टोली शनिबार सुनसरीको कोशी  टप्पु पुगेको थियो ।  टोलीले  आइतबार नेपालकै सबैभन्दा ठूलो बर्जु तालको अवलोकन गरेको थियो। त्यहाँबाट टोली बिराटनगर पुगेको हो ।

टोलीमा नबिल बैङ्कका सिइओ अनिलकेशरी शाह, इमाजिन नेपालका सिइओ मोना कार्की, मिस युनिभर्स नेपाल २०१७ का नगमा श्रेष्ठ, मिस एसिया नेपाल २०१७ पिङ्की राजबरैया, अस्ट्रेलियका जेनस वेब, सुनसरीका उद्यमी प्रीतम कुसियतलगायत छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया