‘रासस हाम्रो साझा सम्पत्ति हो’

६ बर्ष अगाडि

प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले राष्ट्रिय समाचार समिति ९रासस० समस्त नेपालीको साझा सम्पत्ति भएको बताउँदै यसको भौतिक उन्नयनमा सक्दो सहयोग गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

राससका महाप्रबन्धक ओपेन्द्र शर्मालगायत व्यवस्थापनका उच्च पदाधिकारीसँग आज रासस केन्द्रीय कार्यालयमा भएको भेटमा उनले सङ्घीय संरचनाअन्तर्गतको राससलाई प्रदेश सरकारका तर्फबाट सोझै आर्थिक सहयोग गर्न नसकिने कानूनी प्रावधान रहेको बताए ।

उनले भने, “कानूनी व्यवधानलाई विधिसम्मत ढङ्गले मिलाएर राससलाई प्रदेशबाट कसरी सहयोग गर्न सकिन्छ त्यसमा हामी सकारात्मक छौँ ।”  महाप्रबन्धक शर्माले राससले दरबन्दी र अर्थाभावका कारण प्रदेशस्तरीय बुलेटिन प्रकाशन गर्न नसकेको जानकारी दिँदै आवश्यक स्रोतसाधनको व्यवस्था गर्न मन्त्री जम्मकट्टेलसमक्ष आग्रह गरे। 

६ बर्ष अगाडि

प्रतिक्रिया