२६ प्रतिशत लाभांश पारित गर्न स्वरोजगारले साधारण सभा बोलायो

६ बर्ष अगाडि

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो एघारौँ वार्षिक साधारण सभा बोलाएको छ ।

संस्थाले यस अघि प्रस्ताव गरेको २६.७५२० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४१ प्रतिशत नगद लाभांश वितरण  गर्ने   प्रस्ताव पारित गर्न उक्त सभा बोलाएको हो ।

हाल लघुवित्तको चुक्ता पूँजी २६ करोड ९५ लाख १२ हजार रुपैयाँ रहेको छ। 

प्रस्तावीत लाभांश वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ३४ करोड १६ लाख १२ हजार पुग्नेछ।

संस्थाको साधारण सभा मंसिर २८ गते कायस्थ ब्यान्क्वेट, बनेपामा बिहान १०ः३० बजे सुरु हुनेछ।

६ बर्ष अगाडि

प्रतिक्रिया