स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्न आज अन्तिम दिन रहेको छ ।
बैंकले गत आर्थिक वर्ष २०७५र७६को मुनाफाबाट शेयरधनीलाई २२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।
आउने मंसिर २३ गते बैंकको साधारण सभा रहेको र नगद लाभांश वितरण प्रयोजनको लागि बैंकले मंसिर ९ गते सोमबारदेखि बुक क्लोज गर्ने भएकाले आज सम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन्।
बैंकको हाल चुक्ता पूँजी ८ अर्ब १ करोड १४ लाख ३१ हजार रुपैयाँ रहेको छ ।
प्रतिक्रिया