नेपालमै खुलेकाे एक कम्पनीले विदेशका बीमा कम्पनीहरूकाे पनि विमा गरेकाे छ ।
नेपालको एकमात्र पुनर्बीमा कम्पनीे (नेपाल री) ले विश्वका विभिन्न ३३ मुलुकका बीमा कम्पनीहरूकाे पुनर्बीमा गरेकाे हाे ।
पुनर्बीमा बापत उक्त कम्पनीले गत आर्थिक वर्षमा ८४ करोड २ लाख ८३ हजार बीमा शुल्क नेपाल भित्र्याएको छ ।
उक्त कम्पनीले नेपाल सहित भारत, बंगलादेश, सिंगापुर, भियतनाम, भुटान, भेनेजुएला, फिलिपिन्स लगायतका देशहरुमा पुनर्बीमा गरेकाे जनाएकाे छ ।
कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत शेयर रहेको छ ।
२०७१ सालमा स्थापना भएको (नेपाल री)ले केही वर्ष अघि देखी मात्र विदेशी कम्पनीहरुको पुनर्बीमा गर्न सुरु गरेको हो ।
उक्त कम्पनीले गत आर्थिक बर्षमा ६ अर्ब ८८ करोड ६८ लाख बीमाशुल्क उठएको थियो भने उक्त बीमा शुल्कबाट १ अर्ब १७ लाख मुनाफा कमाएको थियो ।
तर कम्पनीले कमाएको नाफा भन्दा बढी रकमले आफ्नो पनि पुनर्बीमा गर्ने गरेको छ । कम्पनीले आफुले लिएको सबै जोखिम धारण गर्ने क्षमता भन्दा बाहीरको बीमा अर्कै पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्ने गरेको हो।
उक्त पुनर्बीमा गर्न कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ६६ करोड ६७ लाख बराबरको रकम विदेश पठाएको हो ।
कम्पनीले यो वर्ष रु १० अर्ब भन्दा बढी बिमा शुल्क संकलन गर्ने लक्ष्य राखेको छ । जस मध्य ३ अर्ब बराबरको विमाशूल्क अरु विदेशी मुलुकबाट नेपाल भित्रीने बताइएको छ ।
प्रतिक्रिया