काठमाडौँ – वोमी माइक्रोफाइनान्स र नागरिक लघुवित्त वित्तीय संस्थाबीच मर्जरको लागि राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ ।
राष्ट्र बैंक सञ्चालक समितिको मंसिर ६ गते शुक्रबारको बैठकले मर्जरको लागि अन्तिम स्वीकृति दिएको हो।
गत फागुन २४ गते वोमी र नागरिक लघुवित्तबीच एक आपसमा गाभ्ने गाभिनेसम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । मर्जर प्रकृयालाई अन्तिम रुप दिन गत असोज २ गते बिहीबार सम्पन्न दुबै संस्थाको विशेष साधारणसभाले मर्जर सम्बन्धि प्रस्ताव पारित गरेको थियो ।
साधारण सभाबाटै मुल्यांकनकर्ताबाट सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण भएको शेयर आदान प्रदान अनुपात परित गरी मर्जरको लागि स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गरेको थियो ।
नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत वोमी र सार्वजनिक निष्काशन नगरेको नागरिक लघुवित्तले गत फागुन २५ गते मर्जरमा जाने सम्झौता गरेका थिए । वोमीको चुक्ता पूँजी रु १० करोड १० लाख ८८ हजार र नागरिक लघुवित्तको चुक्ता पूँजी रु ७ करोड छ ।
वोमी लघुवित्त र नागरिक लघुवित्त आपसमा आपसमा गाभिए पश्चात बन्ने संस्थाको नाम वोमी लघुवित्त रहने छ ।
प्रतिक्रिया