के प्रभु बैंक मर्जरमा जाँदैछ ?

६ बर्ष अगाडि

काठमाडौँ – प्रभु बैंक पनि मर्जर प्रक्रियामा जाने संकेत गरेको छ । 

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई मर्जरमा जान दवाव दिएसँगै प्रभु बैंकले कुनै राष्ट्रिय स्तरको विकाश बैंक प्राप्ति गर्ने प्रकृया अघि बढाउन लागेको जनाएको छ ।

बैंकको १८ औँ साधारणसभाले त्यसको लागि स्विकृति दिने तयारी गरेको छ ।  सधारणसभाले गत वर्षको मुनाफाबाट १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश प्रस्ताव पनि पारित गर्ने छ ।

प्रभुले १६ प्रतिशतले हुने रकम रु १ अर्ब ४२ करोड २८ लाख बराबरको बोनस शेयर र बोनसको कर प्रयोजनार्थ ०.८४२१ प्रतिशतले हुने रकम रु ७ करोड ४८ लाख  बराबरको नगद लाभांश दिन लागेको हो ।

हाल बैंकको चुक्ता पूँजी रु ८ अर्ब ८९ करोड २६ लाख छ । बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी रु १० अर्ब ३१ करोड ५५ लाख पुग्ने बैंकले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया