साना किसानले २७ प्रतिशत लाभांश दिने

६ बर्ष अगाडि

काठमाडौँ – साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट सेयरधनीलाई २७.२५ प्रतिशत बोनश सेयर प्रस्ताव गरेको छ ।

 लघुवित्त सञ्चालक समितिको मंसिर ७ गते सम्पन्न ३६१ औँ वैठकले २७.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.४३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृती तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् मात्र शेयरधनीले पाउनेछन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया