काठमाडौं – एसबीआई बैंकको २६ औ (आव २०७५÷७६को) बार्षिक साधारणसभा मंसिर २९ गते हुनेभएको छ । बैंक सञ्चालक समितिको गत असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
सो दिन काठमाडौंको भद्रकालि स्थित त्रिभुवन आर्मी अफिसर्स क्लवमा विहान ११ बजेदेखि सभा सुरु हुने बताइएको छ ।
सभामा शेयरधनीहरूलाई रू. ५० करोड ६९ लाख ५५ हजार ०३१ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरिदै छ । यसका अलावा अन्य प्रस्तावहरू माथि पनि छलपल हुने बताइएको छ ।
बैंकलाई मर्जर प्रक्रिया लैजानको लागि सञ्चालक समितिलाई अख्तियारी दिने बिषयमा पनि सभामा छलफल हुनेछ ।
प्रतिक्रिया