शेयर दलाल कम्पनी कोहिनुर सेक्युरिटिजले हुँदै नभएको शेयर बिक्री गरेर ग्राहक ठगेको फेला परेको छ ।
काठमाडौंको हात्तिसारमा रहेको सो कम्पनीले एभरेष्ट बैंकको १६ हजार कित्ता सेयर भन्दै हुँदै नभएको सेयर विक्रि गरेको खुलेको हो ।
प्रकाश थापाको नामबाट कोहिनुरले नक्कली कारोबार गरेको खुलासा भएपछि विक्रेताको मानसिक अवस्था ठीक नरहेकोे भन्दै कागजपत्र तयार पारेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सो कारोबार रद्द गरिसकेको छ । विक्रेताको मानसिक अवस्था खराब भएको कागजात पेस भएका कारण कारोबार रद्द गर्नुपरेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए ।
ग्राहकलाई लगानीकर्तासंग मिलेर हुँदै नभएको सेयरको कारोबार गर्ने उक्त कम्पनीबाट कारोबार गर्दा सचेत रहन सेयर विज्ञहरुले सुझाव दिएका छन् ।
हुँदै नभएको सेयर कारोबार भएको अबस्थामा बिक्री गरेको सेयर दिन नसक्ने लगानीकर्ताले कारोबार भएको मूल्यको २० प्रतिशत रकम हर्जानास्वरूप खरिदकर्तालाई दिनुपर्छ ।

प्रतिक्रिया