कीर्तिपुण्य महाविहारको उद्घाटन

६ बर्ष अगाडि

भूकम्पको कारण क्षति भएको सम्पदाको पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले चासो देखाएको छ । वसन्तपुरमा भूकम्पकै कारण क्षति भएका आठ सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको छ भने अन्य नौ वटा पुनःनिर्माणको अवस्थामा रहेको छ ।

यसैबीच शनिबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यले वडा नं २१ स्थित लगनटोलमा रहेको ऐतिहासिक कीर्तिपुण्य महाविहारको उद्घाटन गरे। यस विहारमा पनि विसं २०७२ को भूकम्पले क्षति पुगेको थियो । ठीक एक वर्षअघि पुनःनिर्माण शुरु गरिएको यस विहारको तोकिएको समयमै निर्माणकार्य सम्पन्न भएको हो । यस विहारको लागत रु ५० लाख रहेको छ । 

प्रमुख शाक्यले सत्तल, महाविहार, पार्टी–पौवा, मन्दिर पुनःनिर्माण महानगरपालिकाको नीतिभित्रै रहेको बताए। कामपाले नयाँ निर्माणलाई निषेध गरेको छ र पुनःनिर्माणलाई प्राथमिकता दिएको छ भन्दै उनले पुनःनिर्माण गर्नुपर्ने स्थानमा कामपा र स्थानीय गुठियारको पहलमा काम अघि बढाएको बताए।

कतिपय ठाउँमा गुठी संस्थान र पुरातत्व विभागले राम्रो समन्वय गर्न नसक्दा समस्या भए पनि निर्माणका लागि कामपासँग आर्थिक स्रोतको अभाव नभएको शाक्यले बताए।
 

६ बर्ष अगाडि

प्रतिक्रिया