संसद भवन अगाडि नै मान्छेलाई ठक्कर दिएर भाग्यो गाडी, एकजनाको मृत्यु

६ बर्ष अगाडि

राजधानीको मुटु मानिने नयाँबानेश्वरमा गाडीको ठक्करबाट एकजना पुरुषको मृत्यु भएको छ ।

संसद भवनको दक्षिण गेट अगाडि सवारी साधनको ठक्करबाट अन्दाजी ५०५५ वर्षका पुरुषको मृत्यु भएको बानेश्वर प्रहरीले जनाएको छ ।

मृतकको नाम ठेगाना खुलेको छैन । ठक्कर दिने सवारी साधनको पनि पहिचान भएको छैन ।

मृतकको टाउकोमा गम्भीर चोट देखिएको बानेश्वर प्रहरी वृत्तका डीएसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।

आइतबार बिहान अन्दाजी ६ बजेतिर उक्त दुर्घटना भएको र ठक्कर दिने गाडी भागेको प्रहरीको भनाइ छ ।

ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया