अध्यक्ष तिमिल्सिनाद्वारा क्याम्पस उद्घाटन

६ बर्ष अगाडि

दक्षिण पर्वतको विहादी गाउँपालिका–४ वहाकीमा सञ्चालित वहाकी बहुमुखी क्याम्पसको सुविधासम्पन्न भवन निर्माण भएको  छ । झण्डै रु डेढ करोडको लागतमा निर्माण भएको आठकोठे भवनको शनिबार राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरे।

सो कार्यक्रममा  अध्यक्ष तिमिल्सिनाले शिक्षा र स्वास्थ्यलाई संविधानमा मौलिक हकको रूपमा व्यवस्था गरिएको बताए। उनले देशलाई आर्थिकरूपमा सवल बनाउन तीनै तहका सरकार लाग्नुपर्नेमा जोड दिए। 

अध्यक्ष तिमिल्सिनाले देशलाई समृद्ध बनाउन कर सङ्कलन बढाउनुपर्ने, भ्रष्टाचार र अनियमितता रोक्नुपर्ने, चुहावट नियन्त्रण गर्नुपर्ने र हरेक कारोवार पारदर्शी हुनुपर्ने विचार व्यक्त गरे।

कार्यक्रममा पूर्व सभासद गुणाखर बस्याल, पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्दप्रसाद तिवारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गुप्तबहादुर हमाल, नेपाली काङ्ग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसाल, नेकपाका नेता गोविन्द पहाडीले बोलेका थिए । कार्यक्रममा राष्ट्रभक्ति झल्किने विभिन्न सांस्कृतिक प्रस्तुति पनि राखिएको थियो । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया