भूकम्पबाट क्षेती भएकामध्य ६२ प्रतिशत घर पुनर्निर्माण भई सकेका छन् भने बाकीँ २४ प्रतिशत घर भने बन्ने क्रममा रहेका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अनुसार ४ लाख ७९ हजार ५ सय ४५ घरको पुनर्निर्माण सम्पन्न भएको र १ लाख ८९ हजार १ सय ४१ घर पुनर्निर्माणको क्रममा रहेको छ ।
निजी आवस निमार्णका लागी ७ लाख ७६ हजार ४ सय २७ लाभ ग्राहीसगँ अनुदान समझौता भएको बताइएको छ ।
त्यस मध्यका ९९ प्रतिशतले पहिलो किस्ता ५० हजार, ८० प्रतिशतले दोस्रो किस्ता १ लाख ५० हजार र ६७ प्रतिशतले तेस्रो किस्ता बरार ३ लाख रुपैयाँ अनुदान पाइसकेका छन् ।
कारोबार दैनिकबाट
प्रतिक्रिया