काठमाडौँ । समाजवादी पार्टीले आफूहरुसँग कुनै छलफल नगरी मन्त्रिमण्डल पुनर्गठन गरिएको भन्दै गम्भीर असहमति जनाएको छ ।
सो पार्टीको शनिबार सम्पन्न पदाधिकारी बैठकले मन्त्रीमण्डल पुनर्गठन संयुक्त सरकारको राजनीतिक मूल्य, मान्यता र संस्कृति प्रतिकूल भएकोले यसप्रति हामी गम्भीर असहमति प्रकट गरेको प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।
यस्तै बैठकले असहमत भएका विषय र समाजवादी पार्टीसँग भएको दुई बुँदे सहमतिको कार्यान्वयनका सन्दर्भमा सरकार र सरकारसम्बद्ध पार्टी नेकपासँग वार्ता गर्न ४ सदस्सीय समिति समेत गठन गरेको छ ।
वार्ता समितिमा संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राई र सह अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ रहेको पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया