काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले छुट्टाछुट्टै घटनामा अवैध सुन सहित ५ जना भारतिय नागरिकहरुलाई पक्राउ गरेको छ ।
प्रहरीले थाई एयरलाईन्सको फ्लाईट नं. ३१९ को उडानद्वारा बैंककबाट काठमाण्डौ आगमन भएका भारतको दिल्ली घर हुने वर्ष ३९ को राहादानी नं। श्द्धघद्धडछद्दज्ञ वाहक ईश्व र दास, वर्ष ४० को राहादानी नं। श्घढघद्दछठण् वाहक हर्मिन्दर ववेजा, वर्ष ३४ की राहादानी नं. M3066417 वाहक अमृत पाल सिंह र वर्ष ३१ को राहादानी नं। द्दद्धछठछज्ञघछ वाहक अपतार सिंहले आफुँले ल्याएको सुटकेशको पाङ्ग्रा बनाई लुकाई छिपाई ल्याएको २ केजी। ७.९ ग्राम सुन सहित नियन्त्रणमा लिएको छ ।
यसैगरी, नेपाल एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाण्डौं आगमन भएका भारतको मुम्बई घर हुने वर्ष ३० को राहादानी नं.M7758199 बाहक रिज्वान अब्दुल रज्जाकले आफुँले लगाएको पाईन्ट भित्र लुकाई छिपाई ल्याएको ३४८ ग्राम सुन बरामद गरेको छ ।
घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।+
प्रतिक्रिया