औद्योगिक क्षेत्रमा भारतीय मजदुरको बाहुल्य

६ बर्ष अगाडि

नेपालगञ्ज औद्योगिक क्षेत्रमा भारतीय मजदुरको बाहुल्य छ । नेपालमा रोजगारीको समस्या भइरहेको भनिरहेको अवस्थामा यहाँका औद्योेगिक क्षेत्रमा काम गर्ने अधिकांश कामदार भारतीय रहेका छन् । धातुजन्य तथा प्लाइउड उद्योगलाई चाहिने दक्ष जनशक्ति नेपालमा नहुँदा भारतीय कामदारको बाहुल्य रहेको छ ।

नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार एक हजार ५०० कामदारमध्ये औद्योगिक क्षेत्रमा करीब एक हजार भारतीय कामदार रहेका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनका अनुसार अन्य उद्योगमा भन्दा धातुजन्य र प्लाइउड उद्योगमा अधिकांश भारतीय मजदुर कार्यरत छन् ।

जनशक्तिको अभावका कारण भारतीय कामदारको प्रयोग अत्यधिक रहेको उनले बताए । दक्ष जनशक्ति उत्पादन भए भारतीय कामदार विस्थापित हुँदै जाने उनको भनाइ छ । प्राविधिक जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्था खुलिरहेका कारण विस्तारै भारतीय जनशक्ति विस्थापित हुँदै जाने पुनले बताए ।

नेपालमै दक्ष जनशक्ति नभएकै कारण नेपाली मजदुरभन्दा भारतीय मजदुर राख्नुपरेको कार्यालय प्रमुख पुनको भनाइ छ । उनले नेपालमा दक्ष जनशक्ति कम भएकाले समस्या रहेको बताए । उनले भन्ने,हामीले नेपाली दक्ष कामदार नै राख्नका लागि प्राथमिकता दिने भनिए पनि दक्ष कामदारको अभाव रहेकाले समस्या छ ।     
     

६ बर्ष अगाडि

प्रतिक्रिया