काठमाडौं – संसारमै पहिलो एयर फिल्टर उत्पादन गर्ने डोनाल्डसनका फिल्टरहरु नेपालमा बिक्री वितरण सुरु भएको छ । नेपाली बजारमा डोनाल्डसनका फिल्टरहरु डेल्टा डिष्ट्रिब्युटरले बिक्री–वितरण सुरु गरेको हो ।
कम्पनीले हिजो बिहिबार उपत्यकामा एक कार्यक्रम आयोजनागरि डोनाल्डसन ब्रान्डका फिल्टरहरु नेपालमा बिक्री सुरु गरिएको जानकारी दिइएको थियो ।
उक्त कार्यक्रममा डोनाल्डसन इन्डिया फिल्टर सिष्टमका दक्षिण एसिया बिजनेस हेड कमल प्रकाश श्रीवास्तवले विभिन्न प्रकारका फिल्टर र यससँग सम्बन्धित विविध विषयमा जानकारी दिएका थिए ।
त्यसैगरी डेल्टा डिष्ट्रिब्युटरका डाइरेक्टर बिक्रम सिंघानियाले ग्राहकलाई गुणस्तरिय उत्पादन उपलब्ध गराउने कम्पनीको नीति अनुसार डोनाल्डसनका फिल्टरहरु नेपाली बजारमा ल्याएको जानकारी दिए ।
यस्तो छ कम्पनीको इतिहास
डोनाल्डसनको स्थापना १०४ वर्षअघि सन् १९१५ मा भएको थियो । फ्रयांक डोनाल्डसनले आफुले काम गर्ने समयमा ट्रयाक्टरको इन्जिन सिज भएको देखेपछि त्यसको समाधानको लागि विश्वमै पहिलो पटक एयर फिल्टर बनाएका थिए । उनकै नाममा सो कम्पनी स्थापना भएको थियो ।
डोनाल्डसनले विभिन्न प्रकारका फिल्टर उत्पादन गर्दै आएको छ । ती मध्ये डेल्टा डिष्ट्रिब्युटर्सले डोनाल्डसनका इन्जिन सिष्टम र टेक्नोलोजी सम्बन्धी ट्रयाक्टर, ट्रक, एस्काभेटर आदि हेभी इक्विपमेन्टका लागि आवश्यक फिल्टर नेपाली बजारमा उपलब्ध गराउने छ ।
हाल विश्वका १७ देशमा डोनाल्डसनका ४० भन्दा बढी उत्पादन यूनिट रहेका छन् भने १५ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् ।
प्रतिक्रिया